नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार - mcec bhajani UA-213531779-1

New Update

Computer Institute Name

एमसीइसी कम्प्युटर एजुकेशन सेन्टर, भजनी ...

Computer Cours >> Basic | Office Package | Accounting Tally | Diploma | Advance Diploma | Web Design | HTML | Internet | Computer Hardware | Graphics ...

Wednesday, August 04, 2021

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार रहेको बताएका छन्। कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि ऊर्जामन्त्री पम्फा भुसालले नै शाक्यलाई सहजीकरणका लागि आग्रह गरेकी थिइन्। शाक्यले आफू नेपाल सरकारको कर्मचारी भएकाले जहाँ खटाइन्छ त्यहीँ जाने बताए।

विभागीय मन्त्रीले मंलगबार नै राजीनामा अपेक्षा गरे पनि शाक्यले दिएनन्। तर, सरकारले खटाएको स्थानमा आफू काम गर्न तयार रहेको बताएका हुन्।

उनले आफ्नो बहिर्गमनपछि प्राधिकरणको नेतृत्वमा को आउँछ भन्ने आफूलाई जानकारी नभएको पनि बताए।

शाक्यले भने, ‘मन्त्रीजीले अरु के काम गर्नुहुन्छ भनी सोध्नुभयो। सरकार खटायो भने म जता पनि जान तयार छु। सरकारले जहाँ खटाउँछ म त्यहीँ जान तयार छु। चारै वर्ष बस्छु भनेर मैले भनेको छैन।’

करिब एक वर्षदेखि प्राधिकरणको प्रमुखको जिम्मेवारीमा रहेका शाक्यलाई सरकार परिवर्तन भएसँगै राजीनामाका लागि दबाब दिइएको हो। शाक्य यसअघि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट गत माघमा नियुक्त भएका थिए।

टोपबहादुर रायमाझी ऊर्जामन्त्री चयन भएपछि उनकै प्रस्तावमा शाक्य मन्त्रिपरिषद्बाट नियुक्त भएका थिए।



No comments: