लोकसेवा आयोगको कुनै पनि परीक्षाहरु नरोकिने - mcec bhajani UA-213531779-1

New Update

Computer Institute Name

एमसीइसी कम्प्युटर एजुकेशन सेन्टर, भजनी ...

Computer Cours >> Basic | Office Package | Accounting Tally | Diploma | Advance Diploma | Web Design | HTML | Internet | Computer Hardware | Graphics ...

Tuesday, August 10, 2021

लोकसेवा आयोगको कुनै पनि परीक्षाहरु नरोकिने

 लोकसेवा आयोगको कुनै पनि परीक्षाहरु नरोकिने 

काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।


उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए ।

आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

No comments: